उपचारको क्रममा बालकको मृत्यू भएको घटनालाई लिएर बुद्ध हस्पीटल घोराहीमा दोश्रो दिन पनि तनाब

Admin



दाङ,१ चैत्र । दाङको बुद्ध अस्पतालमा उपचार गर्न ल्याएका बालकको मृत्यु भएको विषयलाई लिएर आज दिनभर अस्पताल परिसर तनाव पूर्ण रहेको छ । घाँटीको उपचार गर्न बुद्ध अस्पतालमा ल्याएका दाङकै राजपुर गाउँपालिका वडा नम्बर १ पटौलि नाकाका ९ वर्षिय बालक सुरेश कवरको मृत्यु भएपछि पिडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै दोसीलाई कारबाहीको माग गरि हिजो देखिनै आन्दोलन गरेका हुन् ।

आज दिउसो सर्वपक्षिय बैठक बसी घटना बारे छानबिनका लागी ७ सदस्यिय समिति गठन गरेर सहमती भैसके पछि असम्बन्धीत व्यक्तिले प्रहरिलाई ढुगाँ हानेर अबस्था बिगारेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो । घटनासँग असम्बन्धीत व्यक्तिका कारण अबस्था बिग्रन थालेपछि केहि सेल अश्रु ग्याँस प्रहार गरिएको उहाँले बताउनु भयो । स्रोतका अनुसार प्रहरिले ९ सेल अश्रु ग्याँस हानेको थियो । घटनामा परि ८ जना प्रहरि र केहि प्रर्दशनकारी घाइते भएको प्रहरिले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएको प्रहरिले जनाएको छ । दिउसो बसेको सर्वपक्षिय बैठकले ५ दिन भित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय छानविन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिको संयोजकत्वमा गठिन छानविन समितिमा चिकित्सकका प्रतिनिधि ३ जना, पिडित पक्षका दुई जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहेका छन् ।


प्रतिक्रिया