दाङ, १३ असोज । दाङको घोराही उपमहानगरपालिका–८ सौडीस्थित भित्री सडकखण्डबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रा.४ प.५२६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने ४ ग्राम ११० मिलिग्राम धुलो पदार्थसहित दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र बुधौराचौक निवासी २५ वर्षीय शरद घर्ती मगर रहेका छन्। उनीहरूलाई प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
१४ असोज २०८२, सोमबार ०६:१३ मा प्रकाशित
61