घोराही तुलसीपुर तथा घोराही हाेलेरी सडक बन्द विद्युत सेवा पनि बन्द

Admin

घोराही ,२७ असार । गय राती  आएको बाढीले डायर्भसन बगाउदा दाङको घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । पुल बन्दै गरेको घोराही तुलसीपुर सडक खण्डको सेवार खोलाको डायर्भसन बाढीले बगाउदा सो सडकखण्ड अवरुद्ध भएको हो । हप्ता दिन अघि क्षती पुराएको सेवारखोलामा बुधवार मात्रै डायर्भसन निमाण गरी यातायात सुचारु गराइएको थियो । त्यसैगरी बाढिले ३३ केभि प्रशारण लाइनको विद्युतका पोल र टान्सर्फमरमा क्षती पुराएपछि घोराही नारायणपुर लगाएतका क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । बाढीले ५ वटा विद्युतका पोल र टान्सर्फमरमा क्षती पुराएको छ । त्यसैगरी दाङको घोराही र रोल्पाको होलेरी सडक खण्डपनि पहिरोका कारण अवरुद्ध बनेको छ । घोराही होलेरी सडक खण्डको च्यानगैरा लगाएतका विभिन्न स्थानमा दर्जनौँ स्थानमा ठुला ठुला पहिरो गएका कारण अहिले सवारी आवागमन बन्द रहेको दाङका प्रहरी प्रमूख रामबहादुर केसीले जानकारी दिनुभयो । अहिले दाङ र रोल्पागरी दुवै तर्फबाट जेसिभिले पहिरो पन्छाउने काम शुरु गरिएको पनि प्रहरी प्रमूख केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया