दाङको गुरुकुल एकेडेमिद्वारा राउटेलाई दशै खर्च प्रदान

Admin


दाङ,९ असोज । दाङको घोराहिमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमिले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमिका अध्यक्ष ई। अनन्तराज घिमिरेले  दशै खर्च माग गर्दै दाङ आईपुषेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।ई। घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकार तथा अन्य संघसंस्था संग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस अबसरमा गुरुकुल एकेडेमिले सहयो रकम प्रदान गर्नु भएको थियो ।सोहि अवशरमा गुरुकुलका विद्यार्थिहरुले राउटेहरु संग अन्तरकृया पनि गरेका थिय ।

प्रतिक्रिया