लायन्स क्लब अफ दाङ नारायणपुरमा पद हस्तान्तरण तथा सपथ

Admin

दाङ, २१ असार । लायन्स क्लब अफ नारायणपुर दाङको पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको छ ।आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित लायन्स पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष अनिल कुमार  बस्नेत र वर्ष २०२४र२०२५ का अध्यक्ष अभियान बस्नेतको संयुक्त अध्यक्षता तथा  डिस्ट्रिक ३२५ एन का गभर्नर पिएमजेएफ लायन  बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वर्ष २०२४र२०२५ मा डिस्ट्रिक ३२५ एन ले गर्ने कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । ञलायन्स क्लब सामाजिक अभियानको सबैभन्दा ठुलो प्लेट फर्म हो । सामाजिक अभियन्ताका रूपमा जोडिने सबैभन्दा र उत्कृष्ट प्लेट फर्म रहेको छ ।झ प्रमुख अतिथि श्रेष्ठले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। बिकास लामिछाने, डिस्ट्रिक ३२५ एनका प्रथम भिडिजी  एमजेएफ लायन ज्ञानेन्द्र कुमार श्रेष्ठ, क्याबिनेट सेक्रेटरी टीकाजंग बि.के., क्याबिनेट कोषाध्यक्ष धनेश्वर आचार्य,जोन चियर पर्सन पवन योगी लगायतले मन्तव्य राखेका थिए । राष्ट्रिय झण्डाको अभिवादन लायन डाइरेक्टर बसन्त न्यौपानेले वाचन गरेका थिए । नव निर्वाचित पदाधिकारीलाई डिस्ट्रिक गभर्नर श्रेष्ठले सपथ गराएका थिए । कार्यक्रममा वर्ष २०२४/२०२५ का अध्यक्ष अभियान बस्नेतलाई पद हस्तान्तरण वर्ष २०२३/२०२४ का अध्यक्ष अनिल कुमार बस्नेतले गराएका थिए । 

क्लबका प्रथम उपाध्यक्ष  युवराज पोख्रेलको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव कुलप्रसाद रजौरे (श्रवण) गरेका थिए ।

प्रतिक्रिया