भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।
बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने ८०३ जना घाइते छन् ।
पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो ।
२२ जेठ २०८०, आईतबार ०९:४३ मा प्रकाशित
387