सुनको मूल्य तोलाको १ लाख १५ हजार ५०० पुग्यो

Admin


३ कात्तिक, काठमाडौं । सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।


बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ 

प्रतिक्रिया