संघीययताको पुर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्छ ः मुख्यमन्त्री चौधरी

Admin

संघीययताको पुर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्छ ः मुख्यमन्त्री चौधरी 

दाङ, २९ भदौ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पुर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताउनु भएको छ । त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकार र स्थानीय सरकारले पूणर् अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसंग आग्रह समेत गर्नु भयो । 

गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रवार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठि कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो । 

उहाँले संघले अधिकार तल्लो तहमा नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघियताको कार्यान्वयनमा पुगेको बताउनु भयो । सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुदा संघीयता समेत कार्यान्वयन नभएको उहाँको तर्क छ । अहिले संघीयतामा आलोचना बढीरहेको भन्दै त्यो अबस्था संघीय सरकारले ल्याएको बताउनु भयो । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताउनु भयो । ‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,’उहाँले भन्नु भयो, ‘संघीयता विफल भए पनि संघकै कारण हुदैछ ।’ संघले पुर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने बताउनु भयो । 

उहाँले स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरु निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले सबै योजनाहरु आर्थिक समृद्धिसंग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने बताउनु भयो ।

प्रतिक्रिया