२ अर्ब विद्युत बक्यौता उठाउन लाइन काट्दै घोराही विद्युत कार्यालय

Admin

घोराही, १६ कार्तिक । नेपाल विद्युत प्राधिकरण दाङले समयमा विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरेको छ । लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न शुरु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिनुभयो ।

विद्युत महशुल नतिर्नेमा उद्योग कलकारखानादेखि सरकारी कार्यालयहरु तथा व्यक्तिसमेत रहेका छन् । न्यूनतम दुई महिनादेखि विद्युत नतिर्ने ग्राहकहरुको लाइन काट्ने अभियान चलेपनि जिल्लामा करिव ६ वर्ष चार महिनासम्म विद्युत महशुल नतिर्ने ग्राहकहरु रहेका छन् ।

पटक पटक सार्वजनिक सूचना जारी गरी समयमै विद्युत महशुल भुक्तानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने परिपाटी बढेपछि प्राधिकरणले अभियानकै रुपमा लाईन काट्न थालेको प्रमुख प्याकुरेलले बताउनुभयो ।

प्रतिक्रिया