घोराही उपमहानगरको स्थापना दिवस ः पाँच जना संचारकर्मी सम्मानित

Admin

घोराही उपमहानगरको स्थापना दिवस ः पाँच जना संचारकर्मी सम्मानित

घोराही । घोराही उपमहानगरपालिकाले आफ्नो ४६ औँ स्थापना दिवसको अवसरमा पाँच जना पत्रकारलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

नगरको विकासमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानको सम्मान गर्दै लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनाल र निमित्त प्रमुख हुमा कुमारी डिसीले नगद सहित सम्मान पत्र प्रदान गरेका हुन ।

नगरको विकासमा सञ्चारमाध्यमको तर्फबाट योगदान पुर्याएको भन्दै रासस तथा रेडियो मध्यपश्चिमकी सुशिला ओली, लौव अग्रसन साप्ताहिक पत्रिकाको सन्तोष दहित र आर्थिक अभियान दैनिक पत्रिको उदय विसी थिए  भने सरसफाइ अभियानबाट नयाँ युगवोध राष्ट्रिय दैनिकका जि। एन।सागर र रेडियो मध्यपश्चिमका चन्द्रप्रकाश नेपाली सम्मानित भएका हुन् ।

घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा विभिन्न सामाजिक संघसंस्था, जेष्ठ नागरिक, उत्कृष्ट सहकारी, सामुदायिक वन, युवा तथा बाल क्लब, पत्रकार, कर्मचारी लगायतलाई सम्मान गरेको थियो ।


प्रतिक्रिया