तीज मिलन कार्यक्रम,मौलिकता संरक्षणमा जोड

Admin


घोराही,२८ भदौ । स्वच्छ नेपालले महिलाहरुको पर्व हरितालीका तिजका अवसरमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ। स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अधयक्षता एवं लुम्विनी प्रदेशसभा सदस्य लोका विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तिजमा रमाइलोसँगै मौलिक कला सस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य लोका विकले महिलाहरु सामाजीक सांस्कृति र राजनैतिक रुपले सवल र सक्षम भए जसरी अब आर्थिक रुपमा पनि सवल र सक्षम हुन जरुरी रहेको बताइन । उनले महिलाहरुको सर्वपक्षीय विकास विना देशको आर्थिक विकास सम्भव नहुने भन्दै लुम्विनी प्रदेशले निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक भदौ २२ गते प्रदेशसभावाट पारित गरेको बताएकी थिइन ।

विधेयकमा कलस्टर छुट्याएर कोटा निर्धारण गरेको बताउदै अब महिलाहरुले आफुलाई आर्थिक रुपले सक्षम वनाउन लाग्नुपर्नेमा जोड दिएकी थिइन । प्रदेशसभा सदस्य विकले संस्कृती हाम्रो पहिचान भएको बताउँदै यसमा देखा परेका विकृती र विसंगतीलाई रोक्न महिलाहरुका संगसंगठन तथा संस्थाहरुको दायीत्व रहेको बताएकी थिइन ।


संस्कृतीको संरक्षण र संवद्धन गर्दै नया पुस्तालाई हस्तान्तरण गर्नु हरेक पुस्ताको दायित्व भएको बताउदै प्रदेशसभा सदस्य विकले चाडपर्व र परम्पराको मौलिकतालाई जोगाइ राख्नुपर्ने बताएकी थिइन । कार्यक्रमका नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष वसुन्धरा गौतमले तीज पर्व सास्कृतीक सामाजिक पर्व भएको बताउदै यसले समाजमा एकता र सदभाव फैलाउन परापूर्वकालदेखि महत्वपूर्ण भूमीका खेल्दै आएको बताएकी थिइन ।

उपाध्यक्ष गौतमले तीज महीलाहरुको स्वतन्त्रताको पर्व भएको वताउदै यसमा पछिल्ला समय केही विकृती फैलिएको टिका टिप्पणी हुने गरेको वताउँदै पर्वलाइ विकृत हुन नदिन आग्रह गरेकी थिइन । कार्यक्रममा नेपाल प्रस युनियनका केन्द्रीय उपमहासचिव शुलोचना गौतमले हाम्रा पर्वहरु सवैले अपनत्व महसुस हुने गरि मनाउन यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहने बताइन ।

कार्यक्रममा नेपाल विउटीसियन संघ दाङका अध्यक्ष शुलोचना प्रधानले तीज परापूर्व कालदेखि महिलाहरुले मनाउने गरेको खुशी र उमंगको पर्व सवैले खुशी साटेर मनाउने वतावरण पछिल्लो समय झन विस्तार हुदै गएको बताइन । नारायणपुर उद्योग वाणिज्य संघकी सदस्य रेखा केसीले तीजले सामाजलाई जोडदै लगेको बताइन । कार्यक्रममा स्वच्छ नेपालका संस्थापक अधयक्ष सुशीला पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया