विभिन्न पार्टी परित्यग गरी काँग्रेसमा प्रवेश

Admin



घोरही,२ पुस । दाङको घोराहीमा विभिन्न पार्टीका भातृ संगठनमा आबद्ध रहेका युवाहरु नेपाल तरुन दलमा प्रवेश गरेका छन् । 

राष्ट्रिय युवा संघ, वाइसीय नेपाल र विप्लव निकट नेकपामा आबद्ध रहेका करिव ३० जना युवाहरु नेपाली काँग्रेस निकट युवाहरुको भातृ संघ नेपाल तरुन दलमा प्रवेश गरेको नेपाल तरुन दल घोराही उपमहानगरपालिकाका उपाध्यक्ष दिपेश घर्ती मगरले बताए । 

उनका अनुसार नव प्रवेशी युवाहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति शंकर डाँगी, क्षत्रीय सभापतिहरु घोराही नगर सभापति तिलक रावत लगायतका नेताहरुले खादा लगाइदिएर काँग्रेसमा स्वागत गरेका थिए । नव प्रवेशी युवाहरुले काँग्रेसको नीति विधि अनुसार पार्टीमा काम गर्ने बताएको उपाध्यक्ष घर्तीले बताए । काँग्रेसमा स्वागत गर्दै घोराही नगर सभापति रावतले पार्टीमा युवाहरुको भुमिका अझै सक्रिय रुपमा निर्वाह गर्न आग्रह गरेका थिए । 

नेपाल तरुन दल घोराहीले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । बृद्ध आश्रममा सहयोग, रक्त दान, धार्मिक स्थलमा सरसफाई, बजार क्षेत्रमा सरसफाई गर्ने जस्ता काम गर्दै आएको घर्तीले बताए ।


प्रतिक्रिया