दाङ, २६ बैशाख । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त हुनु भएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समय देखि सामानिक विकासको क्षेत्रमा क्रियाशील डा। केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका ६ को स्थायी बासिन्दा हुनुहुन्छ ।
के के छन के.सी.ले पाउने सेवा सुविधा
प्रदेशमा प्रमुख सचिब सरह सुविधा लिने गरि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् । प्रदेश सरकारको मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले डा. केसीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष रहने उक्त आयोगमा उपाध्यक्ष र ४ जना सदस्य रहन्छन् । उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन् ।
उपाध्यक्षको मासिक तलब ४९ हजार छ, भने आवास सुविधा, फर्निचर, एउटा गाडी, इन्धन, मोविल, सञ्चार सुविधा, धारा, विजुली, अतिथि सत्कार, यातायात सुविधा गरि मासिक डेढ लाख बढि सुविधा पाउछन् ।
उनले ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका तुलसीपुर ६ निवासी केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गरेका हुन् ।