नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

Admin

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसीयाली छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।


टी-२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमान आज च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।


त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजेबाट खेल सुरु हुनेछ । घरेलु समर्थहरूको साथमा रहेको नेपाललाई आज च्याम्पियन बन्ने मात्रै नभएर समूह चरणमा भएको हारको बदला लिने अवसर पनि रहेको छ ।


नेपाल समूह चरणमा ५ रनले पराजित भएको थियो । तर सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

प्रतिक्रिया