उवासंघद्वारा फोटोग्राफर र जेसिजका कार्यसमितिलाई स्वागत तथा सम्मान

Admin

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीले शुक्रबार एक कार्यक्रम आयोजना गरि दाङ जिल्ला फोटोग्राफर एसोसिएसन, त्रिभुवन नगर जेसिज र दाङ महिला जेसिजका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले स्वागत गर्दै  संघले व्यवसायिक हकहितका लागि मात्र नभयर सामाजिक उत्तरदायित्व काम गर्ने समेत बताए साथै हिजोका दिनमा यहाँहरुको साथ सहयोगले सघंंले व्यवसायिक हकहितका लागि र सामाजिक उत्तरदायित्व काम गर्दा सफल भएको हुँदा आउने दिनमा पनि अझै सहयोगको अपेक्षा  गरेको समेत बताए  ।

त्रिभुवन नगर जसिजका अध्यक्ष रवि किरण केसी, दाङ महिला जसिजकी अध्यक्ष जुनु मगर र दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीले दाङ जिल्ला उद्योग  वाणिज्यलाई साथ र सहयोग गर्न सदै तयार रहेको समेत प्रतिबद्वता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया