फागुन, ५ दाङ । भरुवा बन्दुक पड्किदाँ त्यसमा रहेको छर्रा लागेर दाङमा शिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । शान्तीनगर गाँउपालिका १ बान्द्रेखोला जंगलमा शिकार खेल्न गएका बबई ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्रीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख नबचन्द्र मल्लले बताए ।
प्रहरी नायव उपरिक्षक मल्लका अनुसार हात र पेटमा छर्रा लागेका खत्रीको घटनास्थलमै मृत्यु भएको हो । शुक्रवार दिउँसो गाँउकै आफन्ती पर्नेहरु १० जना शिकार खेल्न गएको र राती अबेर मात्रै उक्त घटना प्रहरीले थाहा पाएको थियो । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
तेजलालको मृत्युभएपछि शिकार खेल्न गएकाहरुले गाँउमा घटनाका बारेमा जानकारी गराएको प्रहरीले जनाएको छ । शिकार खेल्न गएका १० जना सबै फरार रहेको र उनिहरुको हरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।