दुई दिने डिजिटल पत्रकारिता तालिम घोराही-१० नारायणपुरमा सुरु

Admin

दाङ, २९ जेठ । नेपाल प्रेस युनियन दाङको आयोजना र घोराही उपमहानगर पालिका वडा नम्बर १० को सहयोगमा डिजिटल पत्रकारीता तालिम आजदेखी शुरु भएको छ । 

तालिम उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी घोराही १० का वडाध्यक्ष दिपक पाण्डेले आम नागरीकलाई सुसुचित पार्न पत्रकार र पत्रकारीताको महत्वपुर्ण योगदान गरेको भन्दै आवाज विहिनहरुका आवाजलाई बाहिर ल्याउन आम संचार जगतलाई आग्रह गर्नुभयो । 

त्यसैगरी विशिष्ट अतिथी प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले अहिले भ्रामक सुचनाको बाढीले आम नागरीकलाई दिग्भ्रमित पारिरहेको भन्दै सत्य र तथ्य सुचनाबाट सुसुचित हुने नागरीकको अधिकारलाई सुनिश्चीत गर्न पत्रकारहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । 

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता भएको तालिम उद्घाटन कार्यक्रममा घोराही १० का वडाध्यक्ष दिपक पान्डे, माद्यामिक विद्यालय नारायणपुरका प्रधानाध्यापक उत्तम खनाल लगाएतले तालिमका प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नका लागि सुझाव दिनु भएको थियो । 

प्रेस युनियन दाङका कोषध्यक्ष लिलाधर वलिको स्वागत मन्तब्यबाट शुरु भएको तालिमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गर्न भएको थियो । 

घोराही उपमहानगरपालिका वडा नम्बर १० का २५ जना सहभागि भएको तालिमको प्रशिक्षकमा सुदिप गौतम, सन्तोष सुवेदी, बसुन्धरा गौतम, नारायण खड्का र आरके सितल रहनु भएको छ ।

प्रतिक्रिया