दाङमा बस दुर्घटना हुँदा ३० जना बढी घाइते

Admin

तुलसीपुर,१५ पुष । दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बर्दियाको बडैयाताल गाउँपालिका ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी ३० जना भन्दा धेरै घाइते भएको हुनसक्ने उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुर तर्फ उपचारका लागी पठाइएको उहाँले बताउनुभयो । बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभएको छ ।


प्रतिक्रिया