स्वर्गद्वारी प्यूठान दाङ सरोकार समाजको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Admin

घोराही । स्वर्गद्वारी प्यूठान दाङ सरोकार समाजले दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष रोमप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा आज एक  कार्यक्रम गरी शुभकामना आदान प्रदान गरेको हो ।  सो अवसरमा, वक्ताहरुले प्यूठानको पितृहरुको मुल थलो भएपनि दाङमा रहेर कर्म गरिरहेका, यही स्थायी बसोबास गरीरहेकाहरुलाई समाजले एक सुत्रमा बाँध्ने काम गरेको बताउनुभयो । यसले सामाजिक, सांस्कृतिक  एकतामा बल  पुगेको उनीहरुको भनाई थियो । बडा दशैको अवसरमा गरिएको यस प्रकारको कार्यक्रमले सांस्कृतिक एकता अझ बलियो हुने उनीहरुको विश्वास थियो ।

कार्यक्रममा दाङ जिल्ला  उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, शैक्षिक व्यक्ति नारायणसिंह गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख किरणप्रकाश मल्ल, वडा नम्बर १३ का वडा अध्यक्ष दुल्लुराम पोख्रेललगायत बोल्नुभएको थियो । समाजको बारेमा पद्यप्रसाद शर्माले प्रकाश पार्नुभएको थियो । सो अवसरमा, समाजले जेष्ठ सदस्य ९१ वर्षीया चुमाकुमारी पाठकलाई सम्मान गरिएको थियो । समाजले दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मानपनि गरेको थियो । कार्यक्रमको सहजीकरण सचिव सुरेन्द्र रिजालले गर्नुभएको थियो । समाजले प्यूठानमा नाचिने मौलिक परम्पराको लोक नृत्य सरायँ नाच पनि प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया