प्रियासनको नेतृत्वमा घोषणा भयो ‘घोराही बनाऔं अभियान’

Admin

घोराही,३० मंसिर । विभिन्न क्षेत्रमा क्रियाशील सकृय युवाहरुले ‘घोराही बनाऔं अभियान’ शुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनको नेतृत्वमा युवाहरुले घोराही बनऔं अभियान घोषणा गरेका हुन् ।

अभियानमा विभिन्न क्षेत्रमा क्रियाशील समाजमा सक्रिय युवाहरु आवद्ध छन् । यो अभियानले समृद्ध घोराही निर्माण गर्नमा सहयोग पु¥याउने संयोजक प्रियासनले बताउनुभयो । ‘यो कुनै पार्टी आवद्ध अभियान होइन, यसको उद्देश्य कसैको पक्ष या बिरुद्ध पनि होइन,’ उहाँले भन्नुभयो, ‘अब घोराही बनाउनका लागि सबै तह र तप्का एक जुट भएर लाग्नुपर्ने आवश्यकता छ ।’

पहिलो चरणमा अभियानका सदस्यहरु घोषणा गरिए पनि आगामी दिनमा अन्य सदस्यहरु थपिदै जाने उहाँले जानकारी दिनुभयो । ‘विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुलाई सल्लाहकारमा राखिएको छ,’ प्रियासनले भन्नुभयो, ‘हामीले स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्छौं ।’

यो अभियानले विभिन्न सामाजिक कामहरु गर्ने महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो । ‘हामी स्वस्फूर्तरुपमा समाज सेवामा जोडिन चाहेका छौं,’ उहाँले भन्नुभयो, ‘यहाँ सबै आस्था र क्षेत्रका व्यक्तित्वहरु अटाउन सक्नुहुन्छ ।


यस्तो छ घोराही बनऔं अभियानको अपिल


समृद्धि, विकास र सुशासनका लागि

घोराही बनाऔं अभियान

स्थाः २०८०

घोराही उपमहागरपालिका साविक राप्तीकै पहिलो नगरपालिका हो । दाङको सदरमुकाम पनि भएकाले घोराही क्षेत्र अन्य ठाउँभन्दा धेरै अगाडी देखि विकासको सवालमा अगाडी छ । अहिले पनि दाङका दश वटै पालिका मध्य घोराही सबै कुरामा अगाडी नै छ ।

संघीय संरचना अन्तगर्त तीन तहको सरकार निर्माण गर्नेक्रममा सबै पालिकाहरुलाई अधिकार सम्पन्न गरिएको छ । यसैका आधारमा सबै जसो पालिकाहरुले आफ्नो क्षेत्रभित्र कार्यहरु गरिरहेका छन् । समयक्रमसँगै यतिबेला घोराही क्रमशः सबै कुरामा अन्य पालिकाहरु भन्दा पछाडी पर्ने हो कि भन्ने संकेतहरु देखा पर्न थालेका छन् । दाङको देउखुरी क्षेत्र प्रदेश राजधानीको संरचना अनि पूर्वपश्चिम महेन्द्र राजमार्गका कारण विकासको तिब्र रफ्तारमा अगाडी बढेको छ । पश्मिमा तुलसीपुर पनि सल्यान, रुकुमदेखि धेरै ठाउँका मानिसहरुको अमेलिया सडकखण्ड र सुर्खेत जोड्ने राजमार्गका कारण विकासमा अगाडी जाने अवस्था बनि रहेको छ ।

पालिकाको सन्दर्भमा भन्नु पर्दा घोराही जिल्लाको बीचोबीचमा रहेको, एक प्रकारले भन्ने हो भने लोकल बजारमा सिमित हुने हो कि भन्ने आशंका बढि रहेको छ । स्थानीय सरकारले घोराहीलाई विकास गर्न आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छ । तर कोरोनाकालपछि छाएको मन्दि, विभिन्न कारणले बिदेश जानेहरुको संख्यामा आएको बृद्धि, स्वदेशमा केही गर्न सकिदैन भन्ने त्राशलगायतका कारणले गर्दा सबै ठाउँमा देखा परेको भयावह अवस्था घोराहीमा प्रतिशतका हिसाबले अलि धेरै जस्तो देखिन थालेको छ । जसको असर सबै क्षेत्रमा परेको छ । अहिलेको अवस्था आउनुमा कुनै एक पक्ष दोषी छैन । सबैले आ–आफ्नो हैसियतले भ्याउने जति दोष मुलुकमा देखा परेको संकट उत्पन्न गर्न भूमिका खेलेका छन् ।

मुलुकको अवस्थाबाट सबै नै अवगत छन् । जस्तो अवस्था आएपनि यसलाई सुधार गर्दै समाजलाई चलाएमान, गतिवान, सिर्जनशील, विकासको उच्चत्तम अवस्थामा पु¥याउनुपर्छ, पु¥याउन सकिन्छ । यसका लागि सबैले कुनै न कुनैरुपमा क्रियाशिलता देखाउनुपर्छ । श्रम गर्ने परिपाटीको विकास गर्नुपर्छ । सिप, पेशाव्यवसायमा जोडिनुपर्छ । जो जहाँ छ, त्यो क्षेत्रलाई उर्जावान बनाउने सवालमा सबैले भूमिका खेल्न सक्ने हो भने समाजमा देखा परेको संकट निवारण हुनेछ । यी र यस्तै मान्यतालाई अंगीकार गर्दै हामीले सबैसँग हातेमालो गरेर आफ्नो ठाउँमा सबै क्षेत्रलाई विकासको रहर लाग्दो उचाईमा पु¥याउनका लागि साथ, सहयोग, समर्थन, खबरदारी, पैरबी गर्ने उद्देश्यले घोराही बनाऔं अभियान सुरु गरेका छौं । यो अभियानको मुख्य धेय, यहाँको स्थानीय सरकार, सरोकारवाला निकाय, सामाजिक संघसंस्थाहरुको गतिविधि, उनीहरुले गर्ने काम, कर्तव्य, जिम्मेवारीसँग सहकार्य, सहयात्रा, सहयोग, समर्थन गर्नुक ासाथै बाटो बिराएको सन्दर्भमा खबरदारी गर्ने, यहाँका सबै वडामा सामाजिक न्याय सहितको विकास, समृद्धि र सुशासन हुनुपर्छ भन्ने हो ।

जबसम्म घोराहीका प्रत्येक वडामा सरकारले दिने अत्यावश्यक सेवाका साथै सरकारको वलियो उपस्थिति भएको महसुस गराउन सकिदैन, समृद्ध पालिका निर्माण भयो भन्नु न्यायसँगत हुन सक्दैन । घोराही उपमहागरपालिका भित्र रहेका जिल्लाकै आर्थिक विकासमा टेवा पु¥याउन सक्ने महत्वपूर्ण संस्थाहरुको विकासमा सहयोग गर्ने उद्देश्य पनि हाम्रो रहेको छ । यसका साथै घोराहीको समग्र विकासका लागि के गर्न सकिन्छ रु के गर्दा राम्रो हुन्छ भन्ने योजनाका भकारीहरु पनि हामी यही अभियानका माध्यमबाट सम्बन्धित निकायमा सदैब पु¥याउन कोसिस गरिरहनेछौं ।


पालिका भित्र सबै क्षेत्रमा हुने व्यथितिको बिरुद्धमा पनि आवाज उठाउन हामी पछाडी पर्ने छैनौं । कुनै पनि वडा वा ठाउँको विकासका लागि सम्बन्धित निकायमा कुरा पुराउने, आवाज उठाउने, जनमत बनाउनेसम्मका कामहरु अभियानका क्रममा हुनेछ । घोराहीको विकास र समृद्धिका कुराहरु गरिरहँदा हामी अन्य छिमेकी पालिका एवं जिल्लाभित्र रहेका पालिकाहरुसँगको सहकार्य जिल्लाको आवश्यकतालाई परिपूर्ति गर्ने सवालमा संगसँगै हिँड्ने समेत जानकारी गराउँछौ ।

कुनै पनि अभियान एकजना मात्र व्यक्तिले सफल हुन सक्दैन । समृद्धि, विकास र सुशासनका लागि ‘घोराही बनाऔं अभियान–२०८०’ हामीले भनि रहँदा यो भविष्यमा समेत जारी रहनुपर्ने अभियान हो । यसको औचित्य सधैभरी कायम रहि रहनेछ । अभियानलाई कुनै एक व्यक्तिले मात्र प्रभावकारी बनाउन सक्दैन । सबैको सहभागिता भयो भने मात्र अभियान बलियो, प्रभावकारी बन्न सक्छ । अभियानमा सुरुका दिनमा जोडिएका मनहरुले सबैको साझा बुझाईलाई कायम राख्न सक्नुपर्छ । यो अभियानले बजार क्षेत्र, ग्रामिण भेग, अनि विकट पहाडीलगायतका क्षेत्रहरुको आवाज मुखरीत गर्नुपर्छ ।

घोराही बनाऔं अभियान अगाडी बढाई रहँदा हामी यो क्षेत्र शिक्षा, स्वास्थ्य, रोजगारको हब बन्नुपर्छ । यस क्षेत्रमा आर्थिक गतिविधि धेरै अगाडी हुनुपर्छ । समाज समतामुलक, सभ्य, न्यायमा आधारित हुनपर्छ । वन, वातावरण, खेल, पर्यटन, कला, साहित्य, संस्कृति, गीतसँगीत, योग, पूर्वाधार अनि प्रभावकारी विकास अभियानको मुद्धा हो । सुशासन बिना कुनै पनि क्षेत्र फस्टाउन सक्दैन भन्ने हाम्रो मान्यता छ । पिउनेपानी र सिचाईका लागि यहाँका सबै खोला, मुल संरक्षण, पानीको जलाधार निर्माणका विषय पनि हामीले यस अभियानका क्रममा उठाउनेछौं । कृषिलाई आधुनिकिकरणसँगै धान, तरकारी, नगदेबालि, फलफूल खेती, माछा, पशु, माहुरी पालन, मलखादको पर्याप्तता, उन्नत विउबिजनसहित किसान र खेती सम्बन्धि सबै विषयलाई हामीले जोडतोडका साथ प्रभावकारी योजना बनाएर उठाई रहनेछौं ।

शिक्षा उत्पादन, श्रम, पेशाव्यवसाय, विशेषज्ञतासग जोडिनुपर्छ, विशेषज्ञ स्वास्थ्य सेवा नागरिकले पाउनैपर्छ । यो विषयमा पनि हाम्रो योजनाबद्ध कार्यक्रमहरु अगाडी बढि रहनेछ । यसका साथै धार्मिक पर्यटनको विकासका लागि यहाँ रहेका मत्वपूर्ण क्षेत्रहरुलाई नमूना स्थलकारुपमा विकास गरी स्वदेश तथा विदेशबाट समेत पर्यटकहरुको आगमन बढाउन गर्न सकिने कार्यहरु सम्बन्धित निकायलाई समय सापेक्ष ढंगबाट योजना बनाएर काम गर्नका लागि हामीले सल्लाह, सुझाब, खबरदारी गरिरहनेछौं ।

अभियानले सबैको आशा भरोशालाई कायम गर्न सकेमा मात्र अभियानमा दिनदिनै हजारौहजारको साथसमर्थन बढि रहनेछ भन्ने विश्वास हामीलाई छ । हामीले अभियान अगाडी बढाई रहँदा अभियानलाई साझा बनाउने प्रयत्नमा सबै भन्दा बढि सचेत भैरहनेछौं । अभियान सिंगो घोराहीको हो, घोराही अनि दाङलाई बनाऔं भन्ने सोँच राख्ने, साथ सहयोग गर्ने, शुभेच्छा प्रकट गर्ने सबैको साझा अभियानकारुपमा यसलाई सधैभरी स्थापित बनाइ रहने विश्वास हामीले लिएका छौं । अभियान सुरु गर्दाको पहिलो कदम अगाडी बढाउँदा हामीसँग जिल्ला देखि केन्द्रसम्म विभिन्न क्षेत्रमा नेतृत्व गर्नु भएका, गरिरहनु भएका व्यक्तित्वहरु घोराही बनाऔं अभियानसँग जोडिनु भएको छ । यस क्षेत्रमा अझै पनि हजारौहजार व्यक्तिहरु हुनुहुन्छ, जसले समाजका लागि केही न केही योगदान गर्नुभएको छ, गरिरहनु भएको छ, ती सबै व्यक्तित्वहरु यो अभियानको सहयात्री हुनुहुन्छ । अभियानका गतिविधिहरु अगाडी बढि रहँदा हामी यहाँको स्थानीय सरकार, सरोकारवाला समाजिक संघसंस्था, विभिन्न पेशाव्यवसायमा आबद्ध व्यक्तिहरु, राजनीतिक दल, यहाँको सिंगो समाज सबैसँग सहयात्रा गर्नेछौं । सामाजिक कार्य गर्ने र सामाजिक कार्यमा सहभागिता जनाउने सवालमा पनि हामी अग्रसर हुनेछौं । अभियान अहिलेको अवस्थामा लूज फोरमकारुपमा रहेको छ । तर यसलाई व्यवस्थित गर्न पदीय जिम्मेवारीलाई यसरी औपचारिकता प्रदान गरिएको छ –

घोराही बनऔं अभियानको समूह

समृद्धि, विकास र सुशासनका लागि घोराही बनाऔं अभियान २०८०

–सविन प्रियासन–संयोजक

–पुष्पराज बज्राचार्य–उपसंयोजक

–बिनोद केसी–उपसंयोजक

प्रदीप मज्गैयाँ –उपसंयोजक

–अनिल आचार्य–उपसंयोजक

–केशरमान बिसी–उपसंयोजक

–सुलोचना पोख्रेल–उपसंयोजक

–दिलु मल्ल–उपसंयोजक

–रञ्जिता अधिकारी–उपसंयोजक

–केशब गिरी–उपसंयोजक

–रुद्र शर्मा जैसी–उपसंयोजक

–गेहेन्द्र बस्नेत–उपसंयोजक

–पाण्डब शर्मा–महासचिव

–रजिबउल्ला खान–सचिव

–डा। लोकराज पराजुली–सचिव

–मुकेश डिसी–सचिव

–मोहन विक्रम बस्नेत–सचिव

–भीमा डिसी–सचिव

–डा। गिरिरोदन एमसी–सचिव

–दिपक गिरी–सचिव

–विमल योगी–सचिव

–तुफान श्रेष्ठ–सदस्य

–माधव गुप्ता–सदस्य

–लेखराज डिसी–सदस्य

–आनन्दकुमार चौधरी–सदस्य

–प्रेम गौतम–सदस्य

–चुडामणि पाण्डेय–सदस्य

–दिपक जिएम–सदस्य

–शैलेश अधिकारी–सदस्य

–शिब घर्ती–सदस्य

–प्रविण दहित–सदस्य

–सविता न्यौपाने–सदस्य

–हिमानी डिसी–सदस्य

–बामदेब रिजाल–सदस्य

–सन्तोष डाँगी–सदस्य

–देब यादब–सदस्य

–गिरिराज नेपाली–सदस्य

–चन्द्रप्रकाश नेपाली–सदस्य

–आरधना सिंह ठकुरी–सदस्य

–गोपाल कुवँर–सदस्य

–हिमाल महरा–सदस्य

–गरिमा चौधरी–सदस्य

–बसन्त आचार्य–सदस्य

–सुसनध्वज क्षेत्री–सदस्य

–सन्तोष खनाल–सदस्य

–किरण रोका–सदस्य

–दाङ जिल्ला उवासंघ– संस्थागत सल्लाहकार

–नेपाल पत्रकार महासंघ दाङ–संस्थागत सल्लाहकार

–नागरिक समाज दाङ–संस्थागत सल्लाहकार

–जिल्ला बार एशोसियशन–संस्थागत संल्लाहकार

–दाङ निर्माण व्यवसायी संघ–संस्थागत सल्लाहकार

–दाङ च्याम्बर अफ कमर्श–संस्थागत सल्लाहकार

–नारायणपुर उद्योग वाणिज्य संघ–संस्थागत सल्लाहकार

–राप्ती साहित्य परिषद् दाङ–संस्थागत सल्लाहकार

–घोराही च्याम्बर अफ कमर्श–संस्थागत सल्लाहकार

–त्रिभुवन नगर जेसीज–संस्थागत सल्लाहकार

–रोटरी क्लब–संस्थागत सल्लाहकार

–लायन्स क्लब–संस्थागत सल्लाहकार


–विपुल पोख्रेल–सल्लाहकार

–सुशील गौतम–सल्लाकार

–ई। अनन्तराज घिमिरे–सल्लाहकार

–बलिभद्र राना–सल्लाहकार

–देबिबहादुर डिसी–सल्लाहकार

–नवल जिएम–सल्लाहकार

–उदय जिएम–सल्लाहकार

–अजयदिप शर्मा–सल्लाहकार

–सुदिप गौतम–सल्लाहकार

–ध्रुबराज श्रेष्ठ भारी–सल्लाहकार

–नारायण भुसाल–सल्लाहकार

–मधुसुदन वैद्य–सल्लाहकार

–माधवप्रसाद शर्मा–सल्लाहकार

–हेमराज बञ्जाडे–सल्लाहकार

–चन्द्रराज पन्त–सल्लाहकार

–रामदयाल गुप्ता–सल्लाहकार

–भरत बुढाथोकी–सल्लाहकार

–मनोज बुढाथोकी–सल्लाहकार

–खड्ग बुढाथोकी–सल्लाहकार

–ओबिन्द्र महरा–सल्लाहकार

–रामप्रसाद पोख्रेल–सल्लाहकार

–यादब गिरी–सल्लाहकार

–नारायण अधिकारी–सल्लाहकार

–डा। शैलेन्द्र गिरी–सल्लाहकार

–डा। टिकाराम उदासी–सल्लाहकार

–रमेश केसी–सल्लाहकार

–लालमणि भण्डारी–सल्लाहकार

–चन्द्र शर्मा–सल्लाहकार

–राजभक्त राना–सल्लाहकार

–जितबहादुर केसी–सल्लाहकार

–सुन्दर गौतम–सल्लाहकार

–पारस बस्नेत–सल्लाहकार

–प्रताप रेग्मी–सल्लाहकार

–शरद अधिकारी–सल्लाहकार

–केएल पीडित–सल्लाहकार

–पदमप्रसाद शर्मा–सल्लाहकार

–रेशमराज गिरी–सल्लाहकार

–भरतनाथ योगी–सल्लाहकार

–शिबु घिमिरे–सल्लाहकार

–मौसम आचार्य–सल्लाहकार

–आस्मानी चौधरी–सल्लाहकार

–लक्ष्मी आचार्य–सल्लाहकार

–मञ्जु बज्राचार्य–सल्लाहकार

–गोमा महरा–सल्लाहकार

–लिला शाह–सल्लाहकार

–शारदा शर्मा–सल्लाहकार

–बसुन्धरा गौतम–सल्लाहकार

–श्रीधर महरा–सल्लाहकार

–सल्लाहकार उद्धव न्यौपाने

–बलदेब योगी–सल्लाहकार

–यादब शाह–सल्लाहकार

–इश्वर पुन–सल्लाहकार

–भोजराज अधिकारी–सल्लाहकार

–कैलाश रोका–सल्लाहकार

–नरेन्द्र पुन–सल्लाहकार

–बालकुमार घर्ती–सल्लाहकार

–रोम वली–सल्लाहकार

–यकनारायण पौडेल–सल्लाहकार

–दानबहादुर अधिकारी–सल्लाहकार

–केशव थापा–सल्लाहकार

–जीवनकुमार आचार्य–सल्लाहकार

–निशान्त आचार्य–सल्लाहकार

–देबिप्रसाद गुप्ता–सल्लाहकार

–मानबहादुर श्रेष्ठ–सल्लाहकार

–हिमप्रसाद श्रेष्ठ–सल्लाहकार

–विपिन श्रेष्ठ–सल्लाहकार

–भरतराज देबकोटा–सल्लाहकार

–दिलिपकुमार डिसी–सल्लाहकार

–जिबि चिन्तन्–सल्लाहकार

–रुपा वली–सल्लाहकार

–रुपक थापा–सल्लाहकार

–नारायणप्रसाद श्रेष्ठ–सल्लाहकार

–देउमन दमाई–सल्लाहकार

–नारायण बिबश–सल्लाहकार

–विमलमान श्रेष्ठ–सल्लाहकार

–सनत श्रेष्ठ–सल्लाहकार

–राजेन्द्र श्रेष्ठ–सल्लाहकार

–सनद गिरी–सल्लाहकार

–केवि चौधरी–सल्लाहकार

–मुकेश शर्मा–सल्लाहकार

प्रतिक्रिया