व्यवसायीक सुरक्षाका प्रदान गर्न लागि स्थानिय प्रशासन तयार रहेको छ ः प्र जि अ सुवेदी
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले व्यवसायीक बातावरण हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा व्यवसायीक क्षेत्रका समस्याका वारेमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । व्यवसायीक सुरक्षा प्रदान गर्न लागि स्थानिय प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। व्यवसायीहरुलाइ ढुक्क भएर व्यवसाय सञ्चालन गर्न समेत उनले आग्रह गरे । व्यवसायीहरुले व्यवसाय गर्दा व्यवसायीक मर्यादा कायम गर्नु पर्ने समेत उनले बताए । संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरुको क्षेत्रमा नभइ सामाजिक क्षेत्रमा पनि कार्य गदै आएको बताए । जिल्लामा भन्सार छलि गरेर सामान ल्याउने गरेको भन्दै यसलाइ नियन्त्रण गरिनु पर्ने बताए । संघका अध्यक्ष टंकसिंह वुढाथोकीले उद्योग वाणिज्य संघले सबै क्षेत्रसंग सहकार्य गरेर काम गदै आएको बताए । सबैसंगको सहकार्यमा जिल्लाका विकास निर्माण तथा आर्थिक क्षेत्रका काम अगाडि वढाउन सहयोग पुगेको बताए । आउदा दिनमा पनि सहकार्य निरन्तर हुने उनको भनाइ रहेको छ । संघका नव निर्वाचित अध्यक्ष वसन्त जोशीले उद्योगी तथा व्यवसायीहरुलाइ राज्यले सुरक्षाको दिनु पर्ने बताए । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।