दाङ,९ असोज । दाङमा रात्री बस दुर्घटनामा परेकाे छ ।पुर्व पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखाेलामा काठमाडौं बाट सुर्खेत जादै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन । बसका ४५ जना यात्रु सवार थिए । घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ । गम्भीर घाइतेहरुलाइ उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाकाे कारण भने अझै खुलिसकेकाे छैन ।
१० असोज २०८०, मङ्गलबार ०७:५८ मा प्रकाशित
332