नदीले बगाउदा १ महिला बेपत्ता

Admin

अमर क्षितिज भण्डारी 

दाङ, १९ असार । दाङमा नदीले बगाउदा १ महिला बेपत्ता भएकी छन् भने एक महिलाको मृत्यु भएको छ । केहीबेर अघि बबई नदीले बगाउँदा तुलसीपुर १४ की २० वर्षिया सम्भना चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनु भयो । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर १४ मटेरा स्थित आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाउँदा भएकी सम्झना चौधरी खोजी कार्य भैरहेको छ । 

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । स्थानिय गोटिखोला तर्ने क्रममा तुलसीपुर ३  रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । हिजो बेलुका खेतमा काम गर्दै गर्दा सोैच गर्न खोला किनारमा गएको समयम खोलाले बगाउँदा महिलाको मृत्यु भएको हो । हिजो बिहानै देखी भएको अविरल वर्षाका कारण दाङका खोलामा बाढी आएको छ ।


प्रतिक्रिया