दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु

Admin

अमर क्षितिज भण्डारी

दाङ्ग, १० चैत्र । दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान ६० वर्षका गोरख बहादुर केसि र  ४ वर्षीय नाति कृष्ण केसी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए  ।

प्रहरीका अनुसार आज शनिबार दिउँसो हाइटेन्सन लाइनको  विद्युतको तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो । भने करेन्ट लागेर घाइते  ६० वर्षीय गोरखबहादुर केसीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया