थ्रि जिरो क्लबद्वारा लागु पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि र्‍याली

Admin

माघ,१० दाङ । ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको मेरिल्याण्ड पब्लीक एकेडमी थ्रि जिरो क्लबले आज घोराहीमा लागु पदार्थ दुर्व्यसन सचेतना र्‍याली सम्पन्न गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेमन बुढा मगरको प्रमुख आतिथ्यता र ग्रामीण महिला उत्थान केन्द्रका सुचना अधिकारी पार्वती बस्नेतको आथित्यतामा लागु पदार्थ दुर्व्यसन सचेतना र्याली उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेमन बुढा मगरले ग्रामीण महिला उत्थान केन्द्र मार्फत गठन भएको यस क्लबले बालबालिकाहरुमा सकारात्मक उर्जा सँगै केहि गर्नुपर्छ भन्ने भावनाको बिकास भएको देख्दा अत्ति खुसी लागेको बताउनुभयो साथै क्लब मार्फत बालबालिकाहरुले औपचारिक सँगै ब्यवहारिक ज्ञानका लागि पनि बिद्यालय सँग बातावरण बनाईदिन माग गरेको बताउनुभयो भने बिद्यालयले पनि बिद्यार्थीको मागलाई सम्बोधन गर्दै ब्यवहारिक ज्ञान सिपका लागि हाउस वाईरिगं, बुनाई सिलाई, टपरी गास्न, बत्ति काट्न जस्ता ब्यवहारिक ज्ञानहरु सिकाउन थालेको बताउनुभएको थियो ।

यसैगरी बिद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले बिद्यालयले शैक्षिक कोर्ष सँगै बिद्यार्थीलाई ब्यवहारिक ज्ञान सिप दिनका लागि थ्रि जिरो क्लब गठनले पनि महत्वपुर्ण भुमिका खेलेको हुदा ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिनुभएको थियो । 

प्रोफेसर मोहम्मद युनुसले बिश्वलाई ३ वटा कुरामा शुन्य पार्ने अबधारणका साथ स्थापना गरिएको थ्रि जिरो क्लबले शुन्य कार्वन उत्सहन, शुन्य बेरोजगारी र शुन्य गरिबीलाई बढावा दिदै मेरिल्याण्ड पब्लीक एकेडमीको बार्षिकोत्सवको अवसरमा थ्रि जिरो क्लबको आयोजनामा शुरु भएको सचेतना र्‍यालीले सचेतना अभिबृद्धि दिने खालको ब्यानर, पम्पलेट सहित घोराही बजारको लखनपार्क, बालमन्दिर बसपार्क, हुदै बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा मेरिल्याण्ड पब्लीक एकेडमीमा बिद्यार्थी सहभागी रहेको थियो ।


प्रतिक्रिया