बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Admin

१६ जेठ, काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया