दाङको धारपानीमालाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

Admin

बिमल योगी,

दाङ,२१ फागुन । महाशिवरात्रीपर्वकाअवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थानकार्य तिव्र पारिएको छ । यही फागुन २३,२४ र २५ गते तीनदिन सम्मलाग्ने मेलाको तयारी अन्तिम चरणमापुगेको मेलाव्यवस्थापन समितिले जानकारी दिएको छ । धारपानी सम्मपुग्नकालागिघोराहीपनौरादेखीधारपानी सम्मको सडकमर्मत गरिएको छ भने मन्दीरलाई थप आर्कषित बनाउन रंङरोगन गरिएको छ । २५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट बिश्वकै अग्लो त्रिशुलमा सलामी,शिवभगवानको पुँजाआरधना तथा भजनकृतन सञ्चालन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । मेलामा बिभिन्न बिकृतीजन्य क्रियाकलाप तथा अन्य नकारात्मक गतिविधि हुन नदिन सुरक्षाकमी,स्थानीयटोल विकास संस्था,व्यापारी लगायत संग तयारी बैठक समेत गरिएको छ । यस्तै मेलामा पार्किङ व्यवस्थापन,यातायात,पुँजा व्यवस्था लगायतका काम गर्न बिभिन्न उपसमिति समेत गठनगरिएको छ । जसमा समितिका सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रशार प्रसार उपसमिति शारदा पोख्रेलको संयोजकत्वमा पुँजा व्यवस्थापन उपसमिति,टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति,विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति,रेव बहादुर बुढाथोकीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ । यस्तै सदस्य बलिराम भुसालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति,मधुसुदन पौडेलको  संयोजकत्वम ाआर्थिक व्यवस्थापन उपसमिति,विमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति,ऋषीदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति,शिवसंकर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति,यज्ञश्वरी चन्दको संयोजकत्वमा फुलमाला व्यवस्थापनउपसमिति,निमबहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति,बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकृतन उपसमिति,श्यामप्रकाशआचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस ैविच तिनदिन सम्म चल्ने महोत्सवमा सहभागीहुन सवै भक्तजनहरुमा समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक बिज्ञप्ती प्रकाशित गरी मेलामा सहभागीहुन सवैमा अनुरोध गर्नुभएको हो । 


प्रतिक्रिया