दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिती गठन

Admin

दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिती गठन गरिएको छ । संघका शुक्रवार वसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन गराउनका लागि अधिबक्ताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिती बनाउने निर्णय गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । अधिवेसनले ३ वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । नया नेतृत्व सर्व सहमतीमा चयन गर्नका लागि प्रयास जारी राखिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । त्यसैगरेर बैठकले १९ औ साधारण सभाका लागि विभिन्न समिती गठन गरेको छ । अतिथी सत्कार समितीमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल रहेका छन् । मञ्च व्यवस्थापन समितीमा देवकला वस्नेत, विनोदप्रसाद पाण्डे, जुद्धवहादुर घर्ति ( जगत) रहेका छन् । भोजन तथा आवास व्यवस्थापन समितीमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का रहेका छन् । संघको साधार सभा यही असोजको ६ गते र अधिवेसन असोजको १३ गते हुदैछ 

दाङ जिल्ला उद्योग वाणिज्य संघले वडा प्रहरी कार्यालय घोराहीमा भरखरै सरुवा भएर आएका वडा प्रहरी प्रमुख संग छलफल गरेको छ । संघले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डे संग परिचयात्मक तथा उद्योगी, व्यवसायीहरुको शान्ति सुरक्षाको विषयमा छलफल गरेको हो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पाण्डेले नागरिकलाइ शान्ति सुरक्षा आफनो प्राथमिकता रहेको बताए । आफु कानुनको कार्यान्वयमा लागि पर्ने बताए ।  आफुले नागरिकले केही अनुभुती हुने गरि काम गर्ने समेत उनको भनाइ रहेको थियो । ‘नागरिकले केही फरक पाउने गरि काम हुने छ’ प्रमुख पाण्डेले भने । 

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले व्यवसायीहरु हरेक क्षेत्रवाट समस्यामा परेको बताए । समस्याको कारण धेरै व्यवसायीहरु विस्थापित हुदै गएको उनको भनाइ रहेको छ । हरेक क्षेत्र संग सहकार्य गदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य उनले बताए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया