दाङ, ९ असोज ।
यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनकालागी उम्मेद्वारहरु प्यानलसहित प्रचारप्रसारमा रहेका छन् । उम्मेद्वारहरुले आफ्नो पक्षमा मतदान गर्नकालागी अनुरोध गर्दै व्यवसायी मतदाताहरुलाई भेटघाट गरिरहेका छन् । यसैक्रममा बसन्त जोशी नेतृत्वको संयुक्त व्यावसायी प्यानलका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । व्यावसायी भेटघाट तथा घरदैलो गर्दै चुनावी प्रचारप्रसार गरिरहेको संयुक्त व्यवसायी प्यानलले शनिवार पनि घोराही उपमहानगरपालिका वडा नम्बर १३, १४, १५ का विभिन्न स्थानका व्यवसायीहरुसँग भेटघाट गरेको संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो ।
सोमवार नयाँ बजार, डुम्मरगाउ, नयाँ बसपार्क, मिलनचोक, बुद्धि ग्यारेज, स्वर्गद्धारी हल रोड,रतनपुर चोक, पाठक चोक, गुलरिया पार्क, दिपशीखा चोकदेखी तुलसीपुर चोकलगायतका क्षेत्रमा घरदैलो गरेको उहाँले जानकारी दिनुभयो ।
संयुक्त व्यावसायी प्यानललाई मतदान गरि बिजयी बनाउन अपिल गर्दै उम्मेद्वारहरुले मतदाताहरुसँग मत मागेका थिए भने मतदाताहरुले आफूहरुको पक्षमा काम गर्ने संयुक्त व्यवसायिक प्यानलका सम्पूर्ण उम्मेद्वारहरुलाई मत दिने प्रतिवद्धता व्यक्त गरेका थिए । सुरक्षित व्यापार वर्तमानमा सम्मान भविष्यमा परिणाम, संयुक्त व्यवसायी प्यानललाई विवेकपूर्ण मतदान भन्ने मुल नाराका साथ सहित संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकाश वली, कोषाध्यक्षमा जगत आचार्य,सहकोषाध्यक्षमा माधव खनाल उम्मेद्वार रहनुभएको छ । यस्तै उद्योग सदस्यमा विक्रम राना, महिलासदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल,वाणिज्य सदस्यमा रुद्रबहादुर जैशी, दिपक पण्डीत, निमबहादुर बुढाथोकी(टिका), युवराज पन्त,रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ(लामा) र सुरज बुढाथोकी रहनुभएको छ ।