बंगलाचुलीको एम्बुलेन्स चालकलाई निलम्बन

Admin

दाङ । दाङको बंगलाचुली गाउँपालिकाका एम्बुलेन्स चालकले विभिन्न समयमा लापरबाही गरेको भन्दै एम्बुलेन्स चालकलाई कारबाही स्वरुप १५ दिनको लागि निलम्बन गरेको छ ।

बंगलाचुली गाउँपालिकाद्वारा संचालित रा १ झ १३२ नम्बरको एम्बुलेन्स चालकबाट विभिन्न समयमा  लापरबाही भएको हुँदा एम्बुलेन्स चालकलाई कारबाही हुनुपर्ने भन्दै एम्बुलेन्स व्यवस्थापन समिति र बंगलाचुली गाउँपालिकाको स्वास्थ्य  शाखालाई स्थानीयले विभिन्न समयमा कारबाहीको माग गरेका थिए ।

एम्बुलेन्सी चालकले विरामीको आफन्तले बोलाउदा व्यस्त छु भन्ने  समयमा उपस्थिती नहुने फोन नउठाउने युटुवलगात सामिजक संजालमा व्यस्त रहने जस्ता जनगुनासो आएकोले यस्तो निर्णय गरिएको सामाजिक विकास समितिका संयोजक डोम बहादुर केसीले जानकारी दिनुभयो ।

सामाजिक विकास समितिका संयोजक डोम बहादुर केसीको अध्यक्षतामा आईतवार बसेको बैठकले चालकलाई लापरबाही गर्नुकारण बारे ३ दिनभित्र लिखित जवाफ पेश गर्न अनुरोध गर्दै स्पष्टिकरण आएपछि समिति अघि बड्ने संयोजक केसीले बताए । साथै केहि दिन एम्वुलेन्स संचालनमा नआउदा सेवाग्रहीमा पर्न जाने असर प्रति समिति क्षमायाचना चाहेको समेत संयोजक केसीले बताए ।

प्रतिक्रिया