बिहेको लागी पात टिपेर फर्किदै गरेको ट्रयाक्टर दुर्घटना, २८ जना घाईते

Admin


दाङ,१९ पुस  । देउखुरीमा बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको छ  । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

घाईतेहुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ। चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा निवासी  अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रण राखेर अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया