घोराहि १८ असोज । कक्षा ७ देखि १० सम्मका छात्राहरुले साडि लगाउने प्रतियोगितामा भाग लिएका छन । गुरुकुल एकेडेमीको आयोजनामा भएको उक्त साडि लगाउने प्रतियोगितामा कक्षा ७,८,९ र १० का छात्राहरु सहभागि भएका थिए । प्रतियोगिता २ समुहमा बिभाजन गरी सम्पन्न गरीएको प्रतियोगिताका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । विद्यालयको बार्षिक क्यालेन्डर अनुसार विद्यार्थि छात्राहरुलाई आत्म सिप संगै सर्वाङगिन विकास गर्ने उद्धेश्य अनुरुप महिलाहरुले लगाउने पोशाक साडि लगाउन सिकाउने हेतुले उक्त कार्यक्रम आयोजना गरीएको हो । पहिलो चरणको प्रतियोगितामा कक्षा ७ र ८का छात्राहरु सहभागि थिए । जसमा कक्षा ८ कि छात्रा प्रजिता केसि छिटो र राम्रो साडि लगाएर प्रथम स्थान हासिल गरेकिछिन भने विधि आचार्य दोस्रो र कक्षा ८ कि सुनम घिमिरे तेस्रो स्थान हासिल गरेकि छिन् । अर्को समुह अन्तर्गत कक्षा ९ कि छात्रा अंशु खनाल प्रथम ,कक्षा १० कि सुभेच्छया पौडेल दोस्रो , कक्षा ९ कि सुम्निमा बोहराले तृतिय स्थान हासिल गर्न सफल भएकि छिन्। प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाणपत्रले सम्मान गरीएको थियो । प्रतियोगिताको निर्णायकमा मन्टेस्वरी संयोजक लोचना पौडेल , शिक्षिका आशा चौधरी र सुनिता पुन रहनुभएको थियो ।गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्र पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी रहनुभएको थियो ।