निर्धक्क रूपमा व्यवसाय गर्ने वातावरण रहन्छ ः प्रजिअ सुवेदी

Admin


दाङ, २२ असोज । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण रहने बताएका छन् । नारायणपुर उद्योग वाणिज्य संघले आज सोमबार आयोजाना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई सम्बोधन गर्दै प्रजिअ सुवेदीले व्यवसायीलाई  ढुक्क रहेर व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन् । 

‘व्यावसायिक सुरक्षाका प्रदान गर्न लागि स्थानीय प्रशासन तयार रहेको छ’ प्रजिअ सुवेदीले भने । व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका सल्लाहकार  धनेश्वर आचार्य, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरे, लायन्स क्लब अफ नारायणपुरका अध्यक्ष अनिल बसनेत लगायतले धारणा राखेका थिए । 

कार्यक्रम संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । 


संघका वाणिज्य उपाध्यक्ष तिलक महराको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए ।


प्रतिक्रिया