घोराही,११ फागुन । बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई भव्य रुपमा सफल बनाउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई भव्य रुपमा सफल बनाउन दलहरुले सहयोग र समर्थन सहित सामूहिक ऐक्यवद्धता जनाएका हुन् ।
शुक्रबार दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष एंव महोत्सव मुल आयोजक समितिका संयोजक वसन्त जोशीको अध्यक्षतामा बसेको जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुको बैठकमा सहभागि राजनीतिक दलहरुको बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन सहयोग र समर्थन सहितको ऐक्यवद्धता जनाएका हुन् ।
बहु जातीय र बहुभाषिक मुलुक नेपालमा प्रत्येक जातिका आ–आफ्नै मौलिक भाषा र संस्कृतिहरू रहेकोमा स्वयं नेपालीहरु नै आफ्नो भाषा धर्म संस्कृतीप्रति उदासीन हुनु दुःख लाग्दो पक्ष भएको सहभागीले बताएका छन् । अहिलेको युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको भन्दै युवा पिँढीलाई आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति आकर्षित गर्न यो मेला महत्त्वपूर्ण हुने पनि सहभागीको भनाइ रहेको छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको संयोजक वसन्त जोशीले बताउनु भयो ।
महोत्सवमा नेपाल सहित १३ देशका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने आयोजकले जानकारी गराएको छ । महोत्सवमा १८ गते दाङ झल्किने झाँकी, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर जिल्ला स्थीत कलाकारहरुले आफ्नो प्रस्तुति साथ उद्घाटन हुने छ भने १९ र २० गते राष्टियस्तरमा चर्चित कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ त्यसैगरी २१ गते सोमबार नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।
महोत्सवको उद्घाटनको दिन १८ गते निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने १९र २० गते रु एक सय टिकट शुल्क तोकिएको छ भने २१ गते सोमबार नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट पाँच सय रुपैयाँ तथा नर्मल टिकट १ सय रुपैयाँ तोकिएको छ । जेष्ठ नागरीकलाई प्रवेश निशुल्क रहेको मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो ।
दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाँच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाँचहरुपनि प्रस्तुत हुने र उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने आयोजकको अपेक्षा छ । यस अन्तराष्ट्रिय लोक साँस्कृतीक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचीव विकास वलीले बताउनुभयो ।
वलीका अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्री रहेन र दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहेनछन