दाङ,३ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवंं संविधानसभा सदस्य राजु खनालले जनताका प्रतिनिधीले बनाएको पहिलो संविधानको पूर्ण कार्यान्वनका लागी तीनै तहका सरकारको थप प्रयास आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसको अबसरमा शुभकामना दिदै संविधान सभा सदस्य समेत रहेका स्वास्थ्य मन्त्री खनालले संविधान निर्माणका क्रममा संविधान सभामा भएको छलफलको स्मरण गर्दै तल्लो तहका सरकारको अधिकारको सुनिश्चितता गरिएको संविधान पूर्ण कार्यान्वयनको दायीत्व संघिय सरकारको भएको बताएका हुन ।
उनले संविधानको मर्म अनुसारको अधिकार कार्यान्वयनको प्रमुख दायित्व संघीय सरकारको भएको भन्दै संघीता कार्यान्वनका लागि प्रदेश र स्थानीय तहलाई संबैधानिक ब्यवस्था अनुसारको अधिकार संघ सरकारले दिनुपर्ने बताए । मन्त्री खनालले संघीय संरचना कार्यान्वयण गर्ने संविधान निर्माणका क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग तथा योगदान गर्दै सबैलाई धन्वाद दिएका छन् ।