अन्तरक्रिया कार्यक्रम सम्पन्न

Admin


घोराही,२० असोज । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सत्य तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई  आग्रह गर्नुभएको छ । शनिवार घोराहीमा भएको पार्टी पदाधिकारी तथा जनप्रतिनिधी संग प्रेस युनियनको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले भ्रम सिर्जना गर्र्नेे गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आगह्र गर्नुभएको हो । त्यसअबसरमा उहाँले पार्टी, जनप्रतिनिधी र पत्रकार विच सम्बन्ध प्रगाढ बनाउन आबस्यक रहेकोमा जोड दिनुभयो । 

आम नागरिकहरुलाई सहि सुचना दिनु पत्रकारको धर्म भएको भन्दै उहाँले आफनो पेशाप्रति संवेदनशिल हुनपर्ने धारणा राख्नुभएको हो । मन्त्री खनालले जनताको स्वास्थ्य सेवालाई कसरी सहज बनाउन सकिन्छ, भन्ने तर्फ आफु लागि परेको बताउनुभयो । प्रदेशका सबै ठाउँहरुमा सर्वशुलभ रुपमा स्वास्थ्य पु¥याउनका लागि काम गर्दै आएको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा सहभागि नेपाली कांग्रेसका जिल्ला पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख लगाएतले सञ्चार जगतलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन आबस्यक रहेकोमा जोड दिएका थिए । हरेक निकायले गरेका राम्रा कामलाई जनतासामु पु¥याउने र गलत कार्यलाई रोक्नका लागि पत्रकारले निकै महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका हुन् । 

त्यसअबसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री, दंगिशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत, बंगलाचुलीका उपाध्यक्ष भक्त बहादुर जिसी, नेपाली कांग्रेस दाङका सभापति शकरप्रसाद डांगी, पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके सितल, पूर्व उपाध्यक्ष लिला शाह लगाएतले बोल्नुभएको थियो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष पार्वति बस्नेत र कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो ।।

प्रतिक्रिया