दाङ,२० साउन। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराती घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते कुल बहादुर बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
२१ साउन २०८१, आईतबार ०७:४२ मा प्रकाशित
293