लमही, ९ चैत । १७ अाेभरकाे खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलीरहेका बेला काेशी प्रदेशले थप दुई रन जाेड्दा लगातार पाँच विकेट गुमाएपछि वाग्मती प्रदेशले रनकाे १३१ रनकाे जीत हासिल गरेको छ ।
दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा वाग्मती प्रदेशले दिएको २४१ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश २५ दशमलव ३ अाेभरमा सबै विकेट गुमाउँदै १०९ रनमा अलअाउट भयाे । सूर्य तामाङले काेशीका पाँच खेलाडीलाई पेभेलियन फर्काएपछि वाग्मतीले १३१ रनकाे सहज जीत निकालेको हाे ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा वाग्मतीका सूर्य तामाङ र साकार गजुरेलले काेशीका साेनु अन्सारी, सुभम गहतराज, दिपेश कँडेल शून्य पेभेलियन फर्काउँदा क्रिजमा सेट भईसकेका सुजन थपलिया पनि सूर्य तामाङकाे बलमा बाेल्ड भए । ज्ञानेन्द्र श्रेष्ठ १ रनमा अाउट भए ।
काेशीका लागि आशिष भट्टराईले ४९ बल खेल्दै ४ चाैकासहित ३७ रन जाेडे ।
अाेपनर चिराग साह शुन्य रनमा अाउट हुँदा अर्का सकिब हक ४ रन बनाएर रिजन ढकालकाे बलमा एलबीडब्लू अाउट भए ।
कप्तान अंकित सुवेदीले ४ रन बनाएर।रिजन ढकालको बलमा एलबीडब्लू भए ।
८५ रन जाेड्दा ९ विकेट गुमाएकाे काेशीका लागि फिर्दाेश अन्सारीले अन्तिम विकेटका रुपमा २५ बलमा ३ छक्कासहित २४ रन जाेडे ।
वाग्मतीलाई सहज जीत दिलाउन महत्त्वपूर्ण ५ विकेटसहित १७ रन जाेडेका सूर्य तामाङ प्लेयर अफ द म्याच भए ।
यसअघि, वाग्मती प्रदेशले टस जितेर पहिले ब्याटिङ २४० रन बनाएको थियाे ।
टस जितेेर पहिले ब्याटिङ गरेकाे वाग्मती प्रदेशले ४९ दशमलव ३ अाेभरमा सबै विकेट गुमाएर २४० रन बनाएकाे थियाे । वाग्मतीका लागि शुभ कंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चाैका र १ छक्काकाे सहयाेेगमा ३९ रन बनाए ।
अाशुताेष घिरैयाले २९ रन जाेड्दा ईशान पाण्डे र विपिन अाचार्यले समान २५-२५ रन जाेडे ।
यसैगरी, कप्तान पृथु बास्काेटाले २४ रन जाेड्दा रिजन ढकालले २२ रन, साेनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन, गाैतम केसीले १६ रन बनाए ।
काेशीका तर्फबाट प्रकाश कार्की र सुजन थपलियाले समान २-२ विकेट लिए । फरिद अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले समान १-१ विकेट लिए ।
वाग्मती प्रदेश सात खेलबाट ३ खेलमा जीत निकाल्दै ६ अंकका साथ अंक तालिकाकाे छैठौं नम्बरमा उक्लिएकाे छ । ७ खेलमा एउटामात्र जीत निकालेकाे काेशी प्रदेश अंक तालिकाकाे पुछारमा झरेको छ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा वाग्मती प्रदेश र नवाैँमा काेशी प्रदेश रहेकाे छ ।
अहिलेसम्म ६ खेल खेलीसकेको वाग्मती २ मा जीत र ४ मा हार व्यहाेर्दै ४ अंकका साथ आठाैँ स्थानमा रहँदा समान ६ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १० गते सुदरपश्चिम र काेशी प्रदेश, चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।