बालिका जबर्जस्तीकरणी प्रयास गरेको आरोपमा दुई नाबालक सहित पाँच जना पक्राउ

Admin

दाङ । दुई  बालिकालाई जवर्जस्तीकरणी गरेको आरोपमा दाङ प्रहरीले दुई नाबालक सहित पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गढवा निवासी २ नाबालक सहित पाँच जना रहेका छन । गढवा गाउँपालिका ६ निवासी १६ वर्षीय २ बालक , सोही वडाका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ का २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भई हाल गढवा गाउँपालिका ६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।


पक्राउ परेकाहरु माथि प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुशन्धान थालेको प्रवक्ता गौतमले जानकारी दिए । उक्त घटनामा संलग्न दुई जना फरार रहेको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।


राप्ती गाउँपालिका घर भएका एउटा १२ वर्षकी र अर्कि १४ वर्षकि बालिकालाई करणिको प्रयास गरेको उजुरी परेको थियो । घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया