राष्ट्रियसभा कांग्रेस प्रमुख सचेतकलाई मातृशोक

Admin

दाङ । राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटालाई मातृ शोक परेको छ । देवकोटाकी आमा जीवन कुमारी पोखरेलको ललितपुरको बागडोलस्थित निवासमा माघ १३ गते राति निधन भएको हो । २००० सालमा जन्मीएकी स्व.पोखरेलका ६ बहिनी छोरी र नाती नातीनीहरु छन् । उनका एक छोराको दुर्घटनामा निधन भइसकेको छ । स्व.पोखरेललाई प्रमुख सचेतक देवकोटा सहित ६ बहिनी र पति गदाधर पोखरेलले पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । स्व.पोखरेलका पति गदाधर पोखरेल नेपाल संस्कृत विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक हुन् । देवकोटासहित ६ बहिनीहरु १३ दिनको संस्कारमा बसेका छन् । स्व.पोखरेलकी बुहारी विन्दु पोखरेल पनि सासुको १३ दिनको संस्कारमा बसेकी छिन् ।

प्रतिक्रिया