१४ असोज, घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी विजयी भएका छन् ।
शनिबार सम्पन्न भएको दाङ उवासंघको निर्वाचनको अन्तिम मत अनुसार रामप्रसाद पोख्रेललाई ४३५ मतान्तरले वसन्त जोशी विजयी भएका हुन् ।
संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका वसन्त जोशीले १३४५ मत प्राप्त गर्दा उनले प्रतिद्वन्द्वी साझा समावेशी व्यवसायी प्यानलबाट उम्मेदवार बनेका रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गरेका थिए ।
निर्वाचनमा दुई व्यवसायीक प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।
१५ असोज २०८०, आईतबार ०१:३५ मा प्रकाशित
2982