घोराही उपमहानगरपालिकाको दोश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गरिएको छ ।

Admin

घोराही,४ फाल्गुन । घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्म सम्पादित काम, तथा प्रगतिको बारेमा जानकारी गराउन तथा वडा स्तरमा भएका कामको बारेमा जानकारी गराउन वडा नम्बर २ रामपुरमा आज सार्वजनिक सुनुवाई गरिएको हो ।

अघिल्लो वर्षबाट पालिकासँगै वडा तहमा पुगेर सार्वजनिक सुनुवाई गर्दै आएकोमा यो पटक  वडा नम्बर १, २, ३, ४ र १७ लाई लक्षित गरी आयोजना गरिएको सार्वजनिक सुनुवाईमा वडा कार्यालयले चालु आर्थिक वर्षको दोश्रोे त्रैमाससम्म सम्पादन गरेका काम र योजनाका बारेमा जानकारी गराएका थिए ।

नगर उपप्रमुख हुमा डिसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा वडाबासीले पालिकाबाट विनियोजन हुने विकासका कामलाई ग्रामीण क्षेत्रमा प्राथमिकता दिन माग गरेका थिए । यसैगरी, सार्वजनिक सुनुवाईको दायरा फराकिलो बनाउँदै हरेक वडा तहमा गर्न उहाँहरुको सुझाव थियो । विकासका कामसँगै सामाजिक विकासका क्षेत्रमा पनि लगानी बढाउँदै नागरिक सचेतनामा ध्यान दिन सहभागीहरुले आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा जवाफदेही वक्ताका रुपमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमलगायतले सहभागीहरुबाट आएका जिज्ञासा र प्रश्नको जवाफ दिनुभएको थियो । कार्यक्रममा पाँच वटै वडाका वडा सचिवहरुबाट दोश्रो त्रैमासिकसम्म भएको प्रगति विवरण प्रस्तुत भएको थियो । 

समाजका लागि संचार पैरवी नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा नागरिक अभिमत र नागरिकले सेवा लिँदै गर्दाको अनुभव समेटिएको नागरिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । सुचना अधिकारी भीमबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण छबि पुरीले गर्नुभएको थियो ।

प्रतिक्रिया