दाङ,८ पुस । घोराही उपमहानगरपालिका–१५ निवासी तुलाराम वलीले उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । लिभर सिरिज सम्वन्धी बिरामी वलीले घरको आर्थिक अवस्था कमजोर रहेको भन्दै उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेका हुन ।
चिकित्सकको सल्लाह अनुसार जतिसक्यो चाडै लिभर प्रत्यारोप गर्नुपर्ने भएको र त्यसका लागि आफुसँग पैसा नभएकाले सहयोग गरिदिन सवैलाई आग्रह गरेका हुन । ‘उपचारका क्रममा भएको पैसा सकियो, लिभर ट्रान्सप्लान्टका लागि अस्पतालले ४० लाख रुपैया लाग्ने भनेको छ’,पत्रकार सम्मेलनमा बिरामी वलीले भने,‘त्यो पैसा आफुसँग नभएकाले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गर्दछु ।’
कलेजो प्रत्यारोपनका लागि काठमाडौंस्थीत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोप केन्द्रले जति सक्यो चाडै कलेजो प्रत्यारोपन गर्न सके बिरामी राम्रो हुने र ढिलाई गर्दा थप समस्या हुने भएकाले समयमै उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
‘अस्पतालले जति सक्यो चाडै पैसाको व्यवस्था गरेर कलेजो ट्रान्सप्लान्ट गर्ने भएको छ । त्यसका लागि श्रीमती र जेठानले मिले अनुसार दिन तयार रहेका छन’,उनले भने,‘कलेजो प्रत्यारोपनका लागि घरपरिवार, आफन्त र साथीभाईहरुसँग करिव १५÷२० लाख रुपैया जुटाउन सक्ने अवस्था रहेपनि त्योभन्दामाथि नसक्ने भएकाले बाँकी रकम सहयोग गरिदिन सवैलाई आग्रह गर्दछु ।’
उनले उपचारमा सहयोगका लागि मोवाइल नम्वर ९८४७९६०२०४ र ग्लोबल आइएमई बैंकको घोराहीमा रहेको खाता नं. ०४१०७०१०००१०९० मा पैसा जम्मा गर्न सकिने उनले बताएका छन् ।