सरल र भद्र स्वभावका लिलाराम खड्का

Admin



रोल्पा जिल्ला तत्कालीन तालाबाङ्ग गाबिसमा जन्मेका लिलाराम खड्का एक सरल र भद्र स्वभावका ब्याक्ती हुन । रोल्पा जस्तो दुर्गम क्षेत्रमा जन्मेका लिलाराम खड्काको सुरुवाती शिक्षा स्थानीय तालाबाङ स्कुलबाट भएपनि उनले एस ल सि जुङ्गार हाइस्कुलबाट दिएका थिए ।

बाल्यकालदेखि नै सरल भद्र सालिन स्वभावका लिलाराम , साथीहरूसङ्ग मिलनसार , कुनै पनि काम फत्ते नगरी विश्राम नलिने स्वभावका थिए । उनको परिवार पहिले देखि ब्यापारमा नै रहेको तर उनिले किराना तथा गल्ला ब्यबसायमा २०६० सालदेखी गरेका थिए । सबै सङ्ग नम्र भएर प्रस्तुत हुने लिलाराम खड्कालाई सुरुवाती दिनमा थुप्रै समस्या भएपनी उनले सानो लगानी देखि ब्यापार सुरु गरेर स्थापित ब्यापारी बनेका हुन ।

एक कार्यकाल बाणिज्य सदस्य भएर अनुभव बटुलिसकेका लिलाराम खड्का अहिले बाणिज्य उपाध्यक्षका उम्मेदवार भएका छन । थुप्रै सामाजिक काममा जोडिएका लिलाराम खड्का कोरोनाको समयमा खाद्यान्न बितरण , माक्स बितरण तथा उधोग बाणिज्य संघको अक्सिजन सिलिन्डर बितरणमा महत्त्वपूर्ण भुमिका खेलेका छन । थुप्रै संघ सस्थामा आबद्ध लिलाराम खड्का अन्तर्राष्ट्रिय रोल्पाली समाजको सधारण सदस्य , तालाबाङ्गि सेवा समाजको अध्यक्ष पनि हुन । ब्यापारीक हकहितमा लाग्ने सस्था प्रजातान्त्रिक उधमी संघका सचिब पनि हुन । साथै जनचेतना टोल बिकास सस्थाको उपाध्यक्ष भएर पनि जनताको सेवा गरेको अनुभव बटुली सकेका छन ।


सुरुवाती दिनदेखी नै ब्यापार सहित उपभोक्ता र ब्यापारीको समस्या र पीडा बुझेका लिलारामले आफ्नो व्यवसायिक यात्रालाई बेजोडको रफ्तार दिईरहेका लिलारामले आफ्नो व्यवसायिक यात्रालाई मात्रै हेरिरहेका थिएनन् । यो क्षेत्रमा समस्या भोगिरहेका व्यवसायीहरुको समस्यालाई पनि हेरिरहेका थिए । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने अर्को इच्छा जाग्दै गयो । यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – हुमाकान्त अधिकारी । ‘उहाँ हुमाकान्त अधिकारी बाले मलाई उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्नु पर्छ भनेर प्रेरणा दिनु भयो,’ लिलाराम भन्छन् ‘यहाँकै प्रेरणाले मलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्वा लागि इच्छा जाग्न थाल्यो । त्यसैले आफुले यो भन्दाअघिको कार्यसमितिमा बाणिज्य सदस्य भएर सफलता पुर्बक काम गरेको बताए । उनले आफुलाइ साथिभाइहरुको पनि धेरै साथ र सहयोग रहेको बताएका छन ।

आफू सधैव ब्यावसायीको हकहितमा लाग्ने मान्छे रहेको र सधैव ब्यापारी तथा उपभोक्तालाई फाइदा हुने योजना ल्याउने बताएका छन । आफू स्वयम पनि सानो व्यावसाय बाट आएको र आफुले साना व्यावसाय हरुको पिर मर्का सबै बुझेको हुदा आफुले सबै व्यावसायि हरुको हकहितमा लाग्ने बताए ।

आफुलाइ बिगत २० बर्ष देखि खाध्यान व्यावसायिको रुपमा स्थापित गरेका लिलाराम कम बोल्ने , कसैलाई पिर मर्का नपार्ने , अग्रजको सधैव सम्मान गर्ने तथा साथिभाइको अत्यन्तै प्रिय् मान्छेका रुपमा लिइन्छन । घोराही (१४( स्थित न्यु खड्का सप्लायर्सका प्रोपराइटर रहेका खड्का कोरना कालमा विभिन्न कार्यक्रम तथा कर सम्बन्धि सचेतना कार्यक्रममा प्रत्यक्ष लागेर सबै व्यावसायि हरुलाई सचेत गराउन लागि परेका ब्याक्ती हुन ।

उनी आफुलाइ कर्तव्य निष्ठावान ब्याक्तित्व ठान्दछ्न । उनी आफ्नो पारिवारिक इतिहास बताउदा ” उनका हजुरबुबा श्री रघुलाल खड्का , बिर्टिस आर्मीको जागिर छोडेर २००७ सालको क्रान्तिमा लागेको बताउछन । ” उनका बुबा बिरबालाराम खड्का पन्चायत विरुद्धको आन्दोलनमा लगेको र केही महिना जेल परेको पनि बताउछन । आफू स्वयम युवा अबस्थामा ज्यानको जोखिमको प्रवाह नगरि ६२–६३ आन्दोलनमा होमिएको बताउँछन् । उनी आफुले अग्रजबाट सधैंव सत्य बोल्ने , सबैको हितमा हुने काम गर्नुपर्ने शिक्षा लिएको बताउछन ।

प्रतिक्रिया