लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

Admin


दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ ।

लुम्बिनी प्रदेशको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको हो ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ ।


त्यस्तै आँखाको नानी निःशुल्क प्रत्यारोपण ९कर्निया ट्रान्सप्लान्टेसन० शोध भर्नासम्बन्धी कार्यविधि, २०८०, चालीस वर्षभन्दा माथिको लागि नसर्ने ९मधुमेह, उच्च रक्तचाप र मृगौला० रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ९चौथो संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरेको छ ।


प्रतिक्रिया