त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । अहिले उद्दारको काम चलिरहेको छ ।
दुर्घटनाग्रस्त विमानबाट पाईलटको उद्दार गरिएको विमानस्थलले जनाएको छ । उक्त विमानमा १९ यात्रुरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
१० साउन २०८१, बुधबार १२:२१ मा प्रकाशित
270