शिव राज खनाल
दाङ ,२६ असोज । राजपुर गाउँ पालिकाले यहाँ रहेका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ ।
बिगत देखि पालिका भित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिको लगत संकलन गरेको थियो । सोहो आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी , भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरुलाइ निस्सा बितरण चलेको हो ।
यहि क्रममा गाउँपालिले वडा नम्बर ३, ४ र ५ मा निस्सा बितरण गरिरहेको छ । निस्सा बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरद कुमार बुढाथोकी , उपाध्यक्ष धनपती देबि यादब, वडा नम्बर ३ अध्यक्ष राम प्रसाद अहिर, वडा नम्बर ४ का वडाध्यक्ष रामेश्वर अहिर , वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर बिष्ट , वडा सदस्य, भुमी ब्यबस्थापन साखा प्रमुख सरद रेग्मी, शाखाका कर्मचारी, वडाका कर्मचारी लगायत स्थानीयबासीहरुको सहभागीतामा रहेको थियो ।
निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको संरक्षण गरेर राख्न पालिका अध्यक्ष सरद कुमार बुढाथोकीले अनुरोध गरे । क्रमशः निस्सा बितरण सबै वडामा गरि सक्ने र यसपछी अन्य प्रक्रियाको काम थालेर चाडै राजपुरका सुकुम्बासी तथा भुमिहिनहरुलाई धनीपुर्जा उपलब्ध गराईने उनले बताए ।