ज्योतिपुञ्जका विद्यार्थीहरुको आँखा जाच

Admin

दाङ, फाल्गुन २३ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुको आज बुधबार आँखा जाच गरिएको छ । नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पताल रक्षाचौर तुल्सीपुर दाङको टोलीले आज ज्योतिपुञ्जमा आँखा जाच गरेकोे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिनुभयो ।

आँखा जाच कार्यक्रममा ८ सय ५७ जना विद्यार्थीको आँखा जाच गरिएकोमा ३३ जना विद्यार्थीहरुलाई चश्मा लगाउनुपर्ने अवस्थामा पुगेको भेतियको र ४ जनालाई थप जाच गर्नका लागि अस्पताल जान सल्लाह दिइएको उपचारमा संलग्न अस्पतालका नेत्र सहायक सपना गौतमले जानकारी दिनुभयो । 

 टोलीमा सहभागि दिपा वली, दिपक महत, हिरा वली, बिजया भट्टराई र शर्मिला चौधरीले आँखा जाच गर्नु भएको थियो । आँखा जाचपछि चश्मा लगाउनु पर्ने विद्यार्थीहरुलाई निशुल्क चश्मा समेत प्रदान गरिने विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो । आँखा जाच कार्यक्रममा शिक्षक र कर्मचारी गरी ६० जनाको समेत आँखा परिक्षण गरिएको थियो । 

विद्यालयको बार्षिक कार्यक्रम अनुसार विद्यार्थीहरुको स्वास्थ्यप्रति ध्यान दिदै आँखा जाच गरिएको प्रिन्सिपल अधिकारीको भनाई छ । पछिल्लो समय आधुनिक जीवन शैलि र विद्यार्थीहरु मोवाईल, टिभि जस्ता उपकरणको हेर्ने बानी भएका कारण आँखामा समस्या देखिने र यस्ता कारण विद्यार्थीहरुलाई समयमै सजक रहन गराउनका लागि आँखा परिक्षण कार्य विद्यालयको नियमित कार्यक्रम अनुसार गरिएको विद्यालयका प्रिन्सिपल अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया