दाङको लमहीमा जेसिज सप्ताह सुरु

Admin


शिव राज खनाल 

दाङ,१७ मंसिर । दाङको देउखुरीमा आइतबार देखि लमही जेसिजको आयोजनामा साताव्यापी रुपमा जेसिज सप्ताह सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रत्न प्रसाद श्रेष्ठले जेसिजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले विधिको शासनलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । अहिलेका युबा देशका कर्णधार हुन जेसिजकै माध्यम बाट निखारिदै सत्यबाटोमा लाग्दै देश लाई परिबर्तन गर्न अगाडि बढन जरुरी छ,श्रेष्ठले भने ।

जेसिज बर्ष २०१७ का अध्यक्ष वसन्त कुमार भण्डारीले जेसिज हप्ताह जेसिजको एउटा पर्बको रुपमा मनाउने गरिएकाले यस अबसरलाइ हर्ष उल्लासका साथ मनाउन सबै लाई शुभकामना ब्यक्त गरे ।  रोटरी क्लबका अध्यक्ष केसब घिमिरेले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसिजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका थिए ।

त्यस्तै भोलि १८ गते सप्ताहको दोस्रो दिन रक्त दान कार्यक्रम आयोजना गरिएको छ । १९ गते तेस्रो दिन कृषि बिमा सचेतना तथा माटो परिक्षण ,२० गते चौथो दिन बक्तित्व कला ,२१ गते पाचौं दिन श्लो बाइक कम्पिटिसन, २२ गते छैठौं दिन माइनोट लेखन तालिम र २३ गते अन्तिम दिन लमहीको ग्रीनपार्कमा कार्यक्रमको समापन गरिने लमही  जेसीजकि कार्यकारिणी उपाध्यक्ष निर्मला चौधरीले जानकारी दिइन ।

लमही जेसिज २०२३ का अध्यक्ष फणाधर शर्मा ढकालको अध्यक्षता ,राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । मनोरञ्जन संयोजक गिता चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही जेसिजका महासचिव अशेष न्यौपानेले गरेका हुन ।


प्रतिक्रिया