ग्वारखोलामा डुबेर एक बालिकाको मृत्यु

Admin


दाङ, ५ कार्तिक । दाङमा मामाको घर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलाका सुन्तली खड्काकि अन्दाजी ७ वर्षिय छोरी समिक्षाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । 

समिक्षाको तुलसीपुर–७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदिजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेको तुलसीपुर–७ का  अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

मृतक समिक्षा ४÷५ दिनअघिमात्रै मामा घर आएको बुझिएको छ ।  मृतक  समिक्षासहित अन्य  तीन जना बालबालिका आइतबार दिउँसो करिब २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । 

पानीमा डुबेका मृतक समिक्षाका भाई अन्दाजी ३ वर्षिय अनुप खड्का र तुलसीपुर(७ बसन्तपुरका ११ वर्षिय प्रेम बस्नेत भने सकुसल रहेको तुलसीपुर –७ का वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।


मृतक समिक्षाकि आमा छोरी र छोरालाई मावली हजुरआमाको घरमा छोडेर धान काट्न राजपुरमै जानुभएको थियो । मृतक समिक्षाको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।


प्रतिक्रिया